दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा लाओसमा खेल

काठमाडौं, चैत १७ । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत आज हुने खेलमा नेपाल र लाओस भिड्दैछन् । लाओसको लेओ राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:४५ बजे शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले आज आफ्नो पहिलो औपचारिक खेलमा नेतृत्व गर्दैछन् ।
यस खेल नेपालको होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा खेल लाओसमै हुन लागेको हो । छनोटबाट बाहिरिसकेपनि प्रशिक्षक एरिनाले जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन् ।
नेपाल आज जित निकाल्दै छनोटको सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । नेपालले छनोटमा एकमात्र जित निकालेको छ । मलेसियासँगको छनोटको पहिलो खेलमा नेपाल २-० गोलले पराजित भएपनि नतिजा उल्टाउँदै नेपालको पक्षमा दिइएको थियो ।
गत नोभेम्बरमा भएको खेलमापनि नेपाल मलेसियासँग १-० गोलले पराजित भएको थियो । अन्य खेलमा नेपाल भियतनामसँग ३-१ र १-० तथा लाओससँग २-१ गोलले पराजित भएको थियो । हाल नेपाल र लाओस ५ खेलबाट समान तीनरतीन अंक जोड्दै क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । दुवै टोली छनोटबाट बाहिरिसकेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न








