सोलो रिलिज हुँदै ‘राम नाम सत्य’, दिव्या भन्छिन्–‘फिल्म गज्जब बनेको छ’

काठमाडौं । नयाँ वर्षको छेको पारेर आगामी चैत्र २७ गते प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। सो मितिमा प्रदर्शन हुने भनिएका अन्य नेपाली फिल्म पोस्टपोन्ड भएपछि निर्देशक माइकल चन्दको फिल्मले एक्लै प्रदर्शनको अवसर पाएको हो।
फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ भने टिजरले पनि दर्शकको साथ पाइरहेको छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायत कलाकारको अभिनय रहेको छ।
यसैबीच, अभिनेत्री दिव्या रायमाझीले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गर्दै आफूले यसअघिको भन्दा फरक शैलीमा काम गरेको बताएकी छन्। उनका अनुसार फिल्ममा आफू आधुनिक राजकुमारीको भूमिकामा देखिनेछिन्।
उनले फिल्ममा एक्सनसँगै इमोशन, सस्पेन्स र प्रेमको संयोजन रहेको उल्लेख गर्दै दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास व्यक्त गरिन्। “मैले मेरो फिल्म भनेर मात्र भनेको होइन, फिल्म साँच्चै राम्रो बनेको छ,” उनले भनिन्।
फिल्ममा दिव्या र सुशील श्रेष्ठको जोडी देखिनेछ। सुशीलसँग काम गर्न सहज भएको उनले बताएकी छन्।
माइकल चन्दकै पटकथा तथा संवाद रहेको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १३, मंगलवार १२:५६कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
समाचार२०८३ आश्विन १३, मंगलवार १२:२१ क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सांसदको सुझाव
समाचार२०८३ आश्विन १२, सोमबार २१:२१नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता
समाचार२०८३ आश्विन १२, सोमबार २०:२३बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर









