राम्जा–पोखरा सम्पर्क नेपालद्वारा २०८३ सालको क्यालेण्डर विमोचन

पोखरा, २७ चैत । राम्जा–पोखरा सम्पर्क नेपालले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
पोखरामा आयोजित एक विशेष समारोहका बीच समाजका अध्यक्ष तोयानाथ तिमिल्सिनाको अध्यक्षता तथा वरिष्ठ समाजसेवी शिवप्रसाद गौतमको प्रमुख आतिथ्यतामा उक्त क्यालेण्डर सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि शिवप्रसाद गौतमले क्यालेण्डर विमोचन गर्दै समाजले स्थापनाकालदेखि नै गर्दै आएका रचनात्मक कार्यहरूको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो:
“आफ्नै भित्तेपात्रो प्रकाशन गर्नु संस्थाको पहिचान र सक्रियताको प्रतीक हो। यसले आगामी दिनमा संस्थालाई अझ बढी प्रभावकारी र सामाजिक सेवामा समर्पित हुन प्रेरणा प्रदान गर्नेछ।”

कार्यक्रममा संस्थाका पूर्व तथा वर्तमान पदाधिकारीहरूले संस्थाको सुदृढीकरणका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो । पूर्व सल्लाहकार रुद्र गौतम, निवर्तमान अध्यक्ष धनेश्वरी पराजुली र सल्लाहकार नगेन्द्रराज पौडेलले संस्थाको एकता र सामाजिक उत्तरदायित्वमा जोड दिनुभयो। त्यस्तै, संस्थाका उपाध्यक्ष सूर्यप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन र समापन संस्थाका सचिव अर्जुन पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू र राम्जाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष तिमिल्सिनाले संस्थाको गतिविधिमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २१, आईतवार २०:४५कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:२३‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
समाचार२०८३ भाद्र २१, आईतवार १४:२८बाढी प्रभावित सदस्यलाई नेशनल लघुवित्तद्धारा नगद सहयोग
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड








