कोलकाता सुपर ओभरमा विजयी « रिपोर्टर्स नेपाल

काठमाडौं, वैशाख १४ । कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि सुपर ओभर रोमाञ्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग(आईपीएल) २०२६ मा महत्वपूर्ण अंक बटुलेको छ। आइतबार राति सम्पन्न खेल सिजनकै पहिलो सुपर ओभरमा पुगेको थियो, जहाँ कोलकाताले लखनउलाई स्तब्ध पार्दै जित सुनिश्चित गरेको हो ।
सुपर ओभरमा लखनउले केवल २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, कोलकाताका रिंकु सिंहले पहिलो बलमै चौका प्रहार गर्दै सहज जित दिलाए । त्यसअघि कोलकाताका सुनिल नराइनले उत्कृष्ट बलिङ गर्दै पहिलो बलमै निकोलस पूरनलाई बोल्ड गरेका थिए भने त्यसपछि आएका कप्तान रिषभ पन्त १ रनमै सीमित हुँदा एइडेन मार्क्रम क्याचआउट भएका थिए।
निर्धारित २० ओभरमा दुवै टोलीले १५५/१५५ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । १५६ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम बलमा मोहम्मद शामीको शानदार छक्कासँगै खेल सुपर ओभरमा पुर्याएको थियो । अन्तिम ओभरमा १७ रन आवश्यक रहेको अवस्थामा खेल निकै रोमाञ्चक बनेको थियो ।
लखनउका लागि रिषभ पन्तले ४२ रन बनाउँदा एइडेन मार्क्रमले ३१ रन जोडे । आयुष बदोनीले २४ र हिम्मत सिंहले १९ रन बनाए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । कठिन अवस्थामा पुगेको टोलीलाई रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा अविजित ८३ रन बनाएर उकासेका थिए । उनले सुनिल नराइनसँग मिलेर महत्वपूर्ण ६२ रनको साझेदारी गरे ।
लखनउका मोहसिन खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ५ विकेट लिएका थिए । यस जितसँगै कोलकाता ८ खेलबाट ५ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ भने लखनउ समान खेलबाट ४ अंकसहित पुछारमा झरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









