सरकारी विज्ञापनमा विभेदकारी निर्णय कार्यान्वयन नगर्न समन्वय समिति मार्फत धादिङका स्थानीय तहलाई पत्रकार महासंघको आग्रह

धादिङबेशी, १५ बैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउदै जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले जिल्ला समन्वय समिति धादिङमार्फत जिल्लाभित्रका १३ वटै स्थानीय तहलार्ई उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको हो ।
महासंघले जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विकलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले गरेको उक्त निर्णय फिर्ता लिन अनुरोध गर्नु भएको छ । सञ्चार क्षेत्र लामो समयदेखि गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसले श्रमजीवी पत्रकारहरूको पारिश्रमिक, सेवा–सुविधा तथा श्रम अधिकार प्रभावित भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। यस्तो अवस्थाले सञ्चारमाध्यमहरूको दिगोपन, स्वतन्त्रता तथा लोकतान्त्रिक भूमिकामाथि नै प्रश्न उठाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताउनुभयो ।
महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत संघीय, प्रदेश र स्थानीय तहलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिन जारी गरिएको परिपत्र निजी तथा सामुदायिक सञ्चारमाध्यमप्रति विभेदपूर्ण, अन्यायपूर्ण तथा प्रेस स्वतन्त्रता विरोधी रहेको ठहर गरेको छ।
महासंघले जिल्लाका सबै स्थानीय तहलाई स्वतन्त्र प्रेसको संरक्षण गर्न, सबै प्रकारका सञ्चारमाध्यमप्रति समान व्यवहार हुने वातावरण निर्माण गर्न आवश्यक समन्वय र पहल गर्न आग्रह गरेको छ।
ज्ञापन पत्र बुझ्दै समन्वय समितिका उपप्रमुख कुलमान बिश्वकर्माले महासंघबाट प्राप्त ध्यानाकर्षणपत्रलाई धादिङका स्थानीय तहसमक्ष पठाउने र पत्रकारहरूको हकहित संरक्षण, सञ्चार क्षेत्रको विकास तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू सधैँ प्रतिवद्धभएर लाग्ने बताउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार ०८:३२हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक







