स्मार्ट लाइसेन्स छपाइमा उल्लेख्य प्रगति

काठमाडौँ । सवारी चालक अनुमतिपत्र अर्थात् स्मार्ट लाइसेन्सको प्रतीक्षामा रहनुभएका सेवाग्राहीका लागि सुखद् खबर छ। यातायात व्यवस्था विभागले छपाइ कार्यलाई तीव्रता दिँदै ठुलो संख्यामा लाइसेन्स तयार पारेको छ।
पछिल्लो तथ्याङ्क अनुसार ट्रायल पास गरेका र नवीकरणका लागि राजस्व बुझाएका २९ लाखमध्ये १२ लाख थान स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न भएको छ। बाँकी १७ लाख कार्ड छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच वैशाख ४ गते दोस्रो चरणको सम्झौता भई काम द्रुत गतिमा अघि बढेको छ।
सुरक्षण मुद्रण केन्द्रले हाल दैनिक ४० हजारको संख्यामा लाइसेन्स छाप्ने क्षमता राखेको छ। आगामी असार मसान्तभित्र पुराना सबै बाँकी काम सम्पन्न गर्ने लक्ष्यका साथ सार्वजनिक बिदाका दिनमा समेत छपाइ कार्य जारी राखिएको छ।
नयाँ छापिने लाइसेन्सहरूमा सुरक्षाका दृष्टिले ३९ थरी विशेषताहरू समावेश गरिएका छन्। यसअघि १८ वटा मात्र फिचर रहेकामा अहिले थप २१ वटा नयाँ प्रविधि थपिएको जनाइएको छ ।
नयाँ लाइसेन्सको अगाडि र पछाडि गरी दोहोरो क्यूआर कोडको व्यवस्था गरिएको छ। यसमा रहेको अगाडिको क्यूआर केन्द्र र पछाडिको क्यूआर सेवाग्राही तथा ट्राफिक प्रहरीको प्रयोगका लागि छुट्याइएको छ।
छापिएका लाइसेन्सहरू हुलाक सेवा विभागमार्फत देशभरका ४२ वटै यातायात व्यवस्था कार्यालयहरूमा पठाउने प्रबन्ध मिलाइएको छ।
विभागका अनुसार दैनिक औसत ४ हजार नयाँ आवेदन थपिने गरेका छन्। केन्द्रले डेटा प्राप्त भएको २४ घण्टाभित्रै छपाइ कार्य सम्पन्न गरी विभागलाई हस्तान्तरण गर्दै आएको छ।
प्रविधिमैत्री र सुरक्षित स्मार्ट लाइसेन्सको यो विस्तारले सेवाग्राहीको लामो समयदेखिको प्रतीक्षा अन्त्य हुने विश्वास गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक









