प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना


काठमाडौँ १७ वैशाख।
प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही महिलाका लागि सहज होस् भन्ने हेतुले स्तनपान कक्ष र महिला मैत्री शौचालय निर्माण गरिएको काउन्सिल सचिवालयले जनाएको छ । काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले कार्यालयभित्र स्थापना गरिएको स्तनपान कक्षको उद्घाटन गर्दै कुनै पनि कार्यस्थल महिलामैत्री हुनुपर्ने न्यूनतम मापदण्ड काउन्सिलले पनि स्वीकार गरेको बताउनुभयो । काउन्सिलमा कर्मचारी र सेवाग्राहीका लागि महिनावारीका समयमा कुनै असहज नहोस् भन्ने हेतुले प्याड भेण्डिङ मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले कानुनमा नै कार्यालयमा स्तनपान कक्ष हुनुपर्ने, महिलामैत्री शौचालय हुनुपर्ने, अपाङ्गतामैत्री संरचना हुनुपर्ने व्यवस्था भएकाले पूर्ववत् योजनाअनुसार स्रोत साधन बजेट लगायत व्यवस्थापन गरि कार्य गरिएको बताउनुभयो । कार्यालय संरचनालाई अपाङ्गमैत्री बनाउने कार्यसमेत प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/04/30/11756/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १९, बुधबार १८:५९अब आफ्ना सवाल आफैँ उठाउनेछन् दृष्टिविहीन युवा र महिला, पोखरामा पहिलो राष्ट्रिय भेला
समाचार२०८३ कार्तिक १८, मंगलवार १५:०१लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मंसिर ५ गते, १२ सय जनाको सहभागिता रहने
समाचार२०८३ कार्तिक १७, सोमबार ११:२२कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
समाचार२०८३ कार्तिक १७, सोमबार ११:११पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा फूल मेला हुने








