साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन

काठमाडौं । साफ च्याम्पियनसिप २०२६ का लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा भएको छ। राखेपले शुक्रबार एन्फामाथि लगाएको निलम्बन फुकुवा गरेसँगै नेपालले साफ खेल्ने पक्का भएको हो।
प्रमुख प्रशिक्षक नवीन न्यौपानेले एञ्जिलाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्। टिममा एञ्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन् । नियमित कप्तान सावित्रा भण्डारी साम्बा घुँडाको चोटका कारण रिहाबमा रहेकी छन् ।
नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्नेछ। नेपालसँगै समूह ए मा श्रीलंका र भुटान रहेका छन्।
नेपालको साफ च्याम्पियनसिप खेल्ने टोली :
गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : गिता राना मगर, पुना राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समिक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी
मिडफिल्डर : रेनुका नगरकोटी, दिपा शाही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल र अनिता केसी
फर्वाड : रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा
प्रमुख प्रशिक्षक : नवीन न्यौपाने

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित









