नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

धादिङबेसी, ३ जेठ
धादिङको नीलकण्ठ नगरपालिकालाई ‘पूर्णखोप युक्त’ स्थानीय तह घोषणा गरिएको छ। नगरभित्रका तोकिएका उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि आज (शनिबार) धादिङबेसीमा आयोजित एक विशेष कार्यक्रमका बीच यो घोषणा गरिएको हो।खोप अनुगमन समितिका पदाधिकारीहरूले स्थलगत अनुगमन र प्रमाणीकरण गरेपछि जिल्ला समन्वय समिति धादिङले नीलकण्ठलाई पूर्णखोप युक्त पालिका घोषणा गरेको हो।नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ६७३ जना र १६ देखि २३ महिनासम्मका ६८५ जना गरी कुल १ हजार ३ सय ५८ जना बालबालिकाले राष्ट्रिय तालिका अनुसारका सबै खोप पाएसँगै घोषणा गरीएको हो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा घोषणा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले नीलकण्ठ नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा राम्रो काम गरिरहेको बताउनुभयो। केन्द्रीय स्तरको नेतृत्व नीलकण्ठले पाएको उल्लेख गर्दै उहाँले यहाँको विकास र कार्यशैली अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको धारणा राख्नुभयो। उहाँले पूर्णखोप युक्त नगर घोषणा भएकोमा खुसी व्यक्त गर्दै शुभकामना समेत दिनुभयो।

कार्यक्रमका सभापति एवं नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। विशेषगरी नसर्ने रोगहरूको जोखिम न्यूनीकरणका लागि नगरपालिकाले हरेक तीन(तीन महिनामा स्वास्थ्यकर्मीहरूलाई टोल–टोल र घरदैलोमै पठाएर निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको जानकारी दिनुभयो।नगर प्रमुख ढुङ्गानाले पालिकालाई पूर्णखोप युक्त बनाउने कार्यमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो।
भव्य समारोहका बीच सम्पन्न भएको उक्त घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









