सिद्धलेकमा मोतियाविन्दु स्क्रिनिङ अभियान सुरु, पहिलो दिन ९४ जनाको आँखा परीक्षण

धादिङबेशी,७ जेष्ठ । सिद्धलेक गाउँपालिकाको आयोजनामा सुरु भएको मोतियाविन्दु स्क्रिनिङ कार्यक्रममा पहिलो दिन ९४ जनाले आँखा परीक्षण सेवा प्राप्त गरेका छन् । वडा नं. १ गहतेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको शिविरमा ११ जनालाई मोतियाविन्दुको शल्यक्रियाका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।
सिफारिस गरिएकामध्ये ६ जना महिला र ५ जना पुरुष रहेका छन् । शिविरमा आँखा परीक्षणसँगै ५७ जना बिरामीलाई आवश्यक औषधि वितरण गरिएको थियो भने ६ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइएको जानकारी दिइएको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजना, नेपाल नेत्रहीन संघ सुन्दरबजार लमजुङको समन्वय तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रम २०८३ जेठ ६ गतेदेखि १३ गतेसम्म गाउँपालिकाका सातवटै वडामा सञ्चालन हुने जनाइएको छ ।
गाउँपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । शिविरमार्फत मोतियाविन्दु पहिचान, उपचारका लागि सिफारिस तथा आवश्यक परामर्श सेवा प्रदान गरिने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया







