नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

धादिङबेशी,२४ जेष्ठ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई उत्कृष्ट जिल्ला शाखाको रूपमा घोषणा गर्दै सम्मान गरेको छ।
पत्रकारहरूको हक, हित तथा पेसागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुका साथै सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्याङ्कनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो।
बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण, सदस्य व्यवस्थापन, संस्थागत गतिविधि सञ्चालन र पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै धादिङ शाखालाई यो सम्मान प्रदान गरिएको प्रदेश समितिले जनाएको छ।
उक्त सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको जिल्ला शाखा धादिका अध्यक्ष सिताराम अधिकारिले बताउनु भयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १७, बुधबार ११:१३छैटौं संस्करणको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को उत्कृष्ट मनोनयन सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ असार १७, बुधबार ०८:१७नेशनल म्युजिक अवार्ड असार २६ मा
खेलकुद२०८३ असार १७, बुधबार ०७:०५विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १६, मंगलवार २१:४८९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप









