मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि

गोरखा, २५ जेठ । गोरखाको आरुघाटमा गाउँपालिकास्थित आरुघाट आधारभूत अस्पतालमा सञ्चालित मोतीविन्दुको निःशुल्क शल्यक्रिया शिविरबाट ८५ जना लाभन्वित भएका छन् ।
आरुघाट गाउँपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, गोरखा लायन्स आँखा सेवा केन्द्र र आइकेयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
दुईदिनसम्म सञ्चालन भएको शिविरमा आँखा जाँचका लागि आएकाहरुको आँखाको स्क्रिनिङ जाँच र शल्यक्रिया गरिएको उनले बताए । हिमालय आँखा अस्पताल पोखराका नेत्ररोग विशेषज्ञ डा कृष्ण गुरुङको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा प्रदान गरेका थिए ।
उक्त शिविरबाट विपन्न तथा दुर्गम क्षेत्रका नागरिकलाई आफ्नै घरदैलोमा आँखाको गुणस्तरीय उपचार सेवा पु¥याउन सहज भएको गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि आँखाको समस्या झेल्दै आएका बिरामी निःशुल्क उपचारबाट आँखा देख्नसक्ने भएपछि खुसी भएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १७, बुधबार ११:१३छैटौं संस्करणको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को उत्कृष्ट मनोनयन सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ असार १७, बुधबार ०८:१७नेशनल म्युजिक अवार्ड असार २६ मा
खेलकुद२०८३ असार १७, बुधबार ०७:०५विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १६, मंगलवार २१:४८९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप









