फाइनलमा आज नेपाल र हङकङ भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, जेठ २५ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो। आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो।
नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो। नेपाल र हङकङको भिडन्त मध्याह्न १२: १५ बजे सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन्। त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ। यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए। एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच आजै प्रतिस्पर्धा हुँदैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:४४चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:३९जोगिन्दर पानावाला सेजललाई भन्दैछन् ‘बसौँ हजुर’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २६, मंगलवार १५:२७मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’ १६ असोजमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २६, मंगलवार १३:२१सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव « रिपोर्टर्स नेपाल








