‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

चितवन, २६ जेठ । चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ ।
चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका ‘इन्टरभेन्सनल रेडियोलोजिष्ट’ डा विवेककुमार साह र ‘कार्डियोभास्कुलर सर्जन’ प्रा डा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो । डा साहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी युवती खाना खान नसकेपछि तीन दिनअघि सिएमसी अस्पताल आएकी हुन् । परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो ।
कार्डियोभास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डा साहले भने, “चिरफार नगरी आधुनिक ‘न्युरो इन्टरभेन्सनल’ प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राख्यौँ ।” यसलाई चिकित्सकीय भाषामा ‘फ्लो ड्रइभरटर’ भनिन्छ । उनले थपे, “यस किसिमको समस्यालाई दुर्लभ मानिन्छ, एक हजारमा एक जनालाई यो समस्या देखिन्छ ।” यस्तो अवस्थामा जोखिमयुक्त ठाउँ बन्द गरी नसा जोगाउनुपर्ने उनले बताए ।
यस्तो जोखिमपूर्ण उपचार गर्न दक्ष जनशक्ति र आधुनिक उपकरण आवश्यक पर्ने अस्पतालको ‘क्याथल्याब इञ्चार्ज’ अमृत काफ्लेले बताए । अस्पतालसँग ‘बिआई–प्लेन क्याथ ल्याब’ भएकै कारण यो उपचार सम्भव भएको उनको भनाइ छ । आइतबार शल्यक्रिया गरिएकी ती युवतीलाई सोमबार वार्डमा सारिएको र आज अवस्था हेरेर डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिए ।
डा साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । उपचारका क्रममा नसा थप फुट्न सक्ने भएकाले निकै संवेदनशील ढङ्गबाट काम गर्नुपर्ने उनको भनाइ छ । डा साहले भने, “चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल









