‘हली’ का कलाकार, निर्माता र संगीतकारले धान रोपेर मनाए असार १५

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ।
काठमाडौँ । साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हली’ को निर्माण टोलीले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा धान रोपेर दिवस मनाएको छ। सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा चलचित्रका कलाकार, निर्माता तथा संगीतकार सहभागी भएका थिए।
रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी, निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठलगायतले हिलोमा उत्रिएर धान रोपे।
चलचित्र किसानको जीवन र संघर्षमा आधारित भएकाले असार १५ को महत्वलाई आत्मसात् गर्दै सम्पूर्ण टोली रोपाइँ कार्यक्रममा सहभागी भएको निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले बताए। उनीहरूले असार १५ ले “मानो रोपेर मुरी फलाउने” नेपाली किसानको मेहनत, आशा र समृद्धिको सन्देश बोकेको उल्लेख गर्दै चलचित्रको कथासँग पनि यसको गहिरो सम्बन्ध रहेको बताए। कलाकारहरूले समेत उत्साहपूर्वक धान रोप्दै किसानप्रति सम्मान र ऐक्यबद्धता व्यक्त गरेका थिए।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक जीवनका घटनाबाट प्रेरित कथा भएको निर्माण पक्षको भनाइ छ। समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश चलचित्रले बोकेको बताइएको छ।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ। चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको मुख्य भूमिका रहेको छ।
चलचित्रका गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष प्रस्तुति पनि समावेश गरिएको छ। मुख्य कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने अन्य गीतमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।
चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचारी र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन रहेको चलचित्रको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।
चलचित्रका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द रहेको गीतमा बाबुल गिरीको स्वर सुन्न सकिनेछ भने महिला स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन्। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह









