‘झिंगे दाउ २’को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक

गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष उपस्थितिमा देखिएका छन्।
काठमाडौँ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ। आगामी असोज २ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले पहिलो गीतमार्फत प्रचार अभियानलाई थप तीव्र बनाएको हो।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनार को स्वर, डा. कृष्णहरि बराल को शब्द तथा अर्जुन पोखरेल को संगीत रहेको छ। आमाको ममता, त्याग र सम्मानलाई भावुक ढंगले प्रस्तुत गरिएको गीतले वृद्धाश्रममा बस्न बाध्य भएका आमाबुबाको पीडादायी यथार्थलाई पनि संवेदनशील रूपमा चित्रण गरेको छ। गीतले चलचित्रको मुख्य कथावस्तुको भावसमेत उजागर गर्छ।
गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष उपस्थितिमा देखिएका छन्। साथै चलचित्रका प्रमुख कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह लाई पनि गीतमा समेटिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजा को लगानी रहेको छ। चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’ को डीओपी, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन रहेको छ।
गीतको दृश्यांकनमा निर्माण टिमले विशेष मेहनत गरेको देखिन्छ। कोरियोग्राफर रामजी लामिछानेले गीतको भावअनुसार दृश्य संयोजन गर्दै दर्शकको मन छुने भिडियो तयार गरेका छन्।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद, गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन तथा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको चलचित्र केही दिनअघि सार्वजनिक गरिएका पोस्टरपछि चर्चामा रहेको छ। अब पहिलो गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता थप बढ्ने निर्माणपक्षको विश्वास छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। सोही सफल चलचित्रको सिक्वेलका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो
खेलकुद२०८३ श्रावण २९, शुक्रबार ०७:२६एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले फेवातालमा लिँदैछन् प्रशिक्षण









