कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सुशील र मैना बमले शुक्रकार दिउँसो मेडिकल अधिकृत डा अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए ।
तपेन्द्र राति अस्पताल प्रवेश गरी त्यहाँ कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज, र्याकलगायत क्षति पुगेको जनाइएको छ ।
चिकित्सक, नर्स, कर्मचारी कुटपिट र अस्पताल तोडफोड गर्नेसहित तीन जनालाई गएराति नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको निहुँमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमाथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ । उक्त घटनामा संलग्न बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग
सूचना-प्रविधि२०८३ आश्विन ७, बुधबार १३:३२फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
खेलकुद२०८३ आश्विन ७, बुधबार १२:१६एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक








