नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ ।
नेपालमा अन्धोपन निवारणमा पाँच दशकसम्म योगदान गरेवापत सङ्घलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । आगामी असोजमा उक्त पुरस्कार प्रदान गरिने ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाको आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरेको छ । डब्लुएचओका अनुसार नेपालमा अन्धोपन सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ मा त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग
सूचना-प्रविधि२०८३ आश्विन ७, बुधबार १३:३२फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
खेलकुद२०८३ आश्विन ७, बुधबार १२:१६एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक









