नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

धादिङबेशी,२४ साउन । नेपाल ज्योतिष परिषद् धादिङको तेस्रो जिल्ला अधिवेशनले विष्णु न्यौपानेलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार गल्छी गाउँपालिका–६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न अधिवेशनले न्यौपानेको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले वैदिक सनातन परम्परामा ज्योतिष शास्त्रलाई महत्वपूर्ण अंगका रूपमा लिइने बताउनुभयो । समय र कर्मबीच अन्तरसम्बन्ध रहने उल्लेख गर्दै उहाँले विभिन्न कर्मका लागि उचित समय निर्धारणमा ज्योतिष शास्त्रको भूमिका रहेको धारणा राख्नुभयो ।
परिषद्का केन्द्रीय उपमहासचिव डा. दीपक शर्मा दाहालले ज्योतिष शास्त्रको अध्ययन तथा अध्यापन विस्तार गर्दै राष्ट्रियस्तरमा तालिम सञ्चालन र विषयगत एकरूपता कायम गर्न परिषद् क्रियाशील रहेको बताउनुभयो । बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले प्रदेशका सबै जिल्लामा ज्योतिष अध्ययनको पहुँच विस्तार गर्न सकिने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले ज्योतिष शास्त्रको मर्यादा, शास्त्रीय मान्यता र अध्ययन–अनुसन्धानलाई प्राथमिकता दिँदै परिषद्का गतिविधि अघि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।
सचिव रामहरि सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा परिषद्का बागमती प्रदेशका निवर्तमान वरिष्ठ उपाध्यक्ष वासुदेव वत्सलगायतले ज्योतिष शास्त्रको महत्व र संगठन विस्तारका विषयमा धारणा राख्नुभएको थियो ।
अधिवेशनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २४, आईतवार १९:४८नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
समाचार२०८३ श्रावण २४, आईतवार १८:०२संविधानको लेन भित्रैबाट सरकारका कामको गति बढाऊ:
खेलकुद२०८३ श्रावण २३, शनिबार २०:५३एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
समाचार२०८३ श्रावण २३, शनिबार १९:३६कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ








