परन्तप र लिजाले जिते ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि

परन्तप र लिजाले जिते ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२६’को मेलतर्फको उपाधि परन्तप भण्डारी र फिमेलतर्फको उपाधि लिजा श्रेष्ठले जितेका छन् । दुवै विजेताले नगद ५ लाख रुपैयाँ बराबरको पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

मेलतर्फका विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर गरी तीन विधाको उपाधिसमेत हात पारे । यस्तै, फिमेलतर्फकी विजेता श्रेष्ठले कमर्सियल मोडलको उपाधि पनि जितिन् ।

शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित भव्य समारोहमा मेलतर्फ अनुस्कृत न्यौपाने फर्स्ट रनरअप र सुशान्त प्रजापति सेकेन्ड रनरअप घोषित भए । फिमेलतर्फ प्रियंका ओली फर्स्ट रनरअप र खुसी बोहरा सेकेन्ड रनरअप बने।

२६ फिमेल र १६ मेल गरी ४२ प्रतियोगी सहभागी फाइनलमा विभिन्न विधाका विजेतासमेत घोषणा गरिएको थियो । मस्ट पपुलरतर्फ मनिष ओली र काया थापा, मस्ट स्टाइलिसतर्फ सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटीमा अनुष सक्सेना र उगेश्ना तिमल्सिना विजेता बने ।

यस्तै, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइसमा सुशान्त प्रजापति र प्रियंका ओली, मस्ट फोटोजेनिकमा सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगरमा सिम्रन कार्की, कमर्सियल मोडलमा अनुस्कृत न्यौपाने तथा बेस्ट कन्टेन्ट क्रिएटरमा सृष्टि न्यौपाने विजेता बने ।

नेपालकै बृहत् र स्तरीय मोडलिङ प्रतियोगितामध्ये एक मानिने ‘मोडल हन्ट नेपाल’को यो १०औँ सिजन हो । यसपटक ‘नोथिङ स्मार्ट फोन’ मुख्य प्रायोजक रहेकाले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना गरिएको थियो ।

प्रतियोगिताका निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई रहेका थिए ।

आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगीहरूलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट र एक्सप्रेसनलगायत विषयमा ग्रुमिङ तथा प्रशिक्षण दिइएको थियो ।

यो पनि पढ्नुहोस् :  नीता हरिहरको ‘पार्वती’ टिमले बाढीपीडितलाई दियो ११ लाख

मोडलिङका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्रदान गर्दै देश तथा विदेशका विभिन्न प्लेटफर्ममा अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको छ । पछिल्लो समय प्रतियोगिताप्रति युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजकको भनाइ छ ।

प्रतियोगिताले मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि उचित अवसर र प्लेटफर्म सिर्जना गरेको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

कोरियोग्राफर सबिता कार्की र मेन्टर अजय गुरुङ रहेको प्रतियोगितामा मनिष राई, कासा, मस्र्याङ्दी, सरिता अटायर र विमिन्स प्लानेटले फेसन डिजाइनमा सहकार्य गरेका थिए । प्रतियोगिता र्‍याम्प शो तथा विभिन्न सांगीतिक प्रस्तुतिसहित आयोजना गरिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =