संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

बाँके- नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ ।
स्थानीय चक्र बुढाले भन्नुभयो, “सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक खबर गरे पनि हालसम्म सुनुवाइ भएको छैन ।”
कान्तितालमा विभिन्न पन्क्षीहरूको बासस्थान रहेकाले संरक्षणकर्मी तथा पर्यावरण संरक्षणमा चासो राख्नेले आवाज उठाइरहेका बेला तालको संरक्षणमा भने सरोकार भएका निकायले चासो नदिँदा समस्या भएको स्थानीय बताउँछन् ।
नेपालगञ्ज उपमहानगरले ताल संरक्षण गरी पर्यटकीयस्थल बनाउन रु १० करोड खर्चेको कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको स्थानीय बुढाको भनाइ छ । ताल क्षेत्र अहिले लागुऔषध दुव्र्यसनीको जमघटस्थल बनेको भन्दै रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेका स्थानीयको गुनासो छ ।
तालको नियमित रेखदेख र सरसफाइको अभावमा करोडौँको लगानी गरिएको आयोजना अनुत्पादक र जीर्ण अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो ।
ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरलाई राजस्व बुझाउने गरी ठेक्का लिनुभएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेका हुनसक्ने बताउनुभयो । यस विषयमा वास्तविकता खोजी गरिने उहाँको भनाइ छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न उपमहानगरले नयाँ योजना बनाइरहेको बताउनुभयो । विगतमा ताल संरक्षणको लागि बनाइएका योजना सफल हुन नसकेकाले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी प्रभावकारी योजना बनाइ संरक्षणका लागि लागू गरिने उहाँको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्
समाचार२०८३ आश्विन १०, शनिबार ०९:३५पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध
समाचार२०८३ आश्विन १०, शनिबार ०६:१९आजका लागि विदेशी मुद्राको विनिमयदर








