धादिङ समाज बेल्जियमको एकदिने भ्रमण भव्य रूपमा सम्पन्न

धादिङ समाज बेल्जियमको आयोजनामा भएको विशेष एकदिने भ्रमण भव्य, सभ्य, सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बेल्जियमका विभिन्न स्थानबाट करिब ८५ जना धादिङवासीको सहभागिता रहेको भ्रमणले आपसी भेटघाट, आत्मीयता, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।बिहान करिब ९ः३० बजे कलाकारसहित सुरु भएको भ्रमणमा सहभागीहरू नाचगान, हाँसो–ठट्टा तथा आपसी भेटघाटसँगै रमाउँदै यात्रामा सहभागी भएका थिए। भ्रमणका क्रममा नामुर पुगेर केबलकारमार्फत त्यहाँका प्राकृतिक तथा ऐतिहासिक दृश्यको अवलोकन गरिएको थियो। त्यसपछि दिनान्ततर्फ प्रस्थान गरी करिब ४५ मिनेट बोटिङमार्फत प्राकृतिक सौन्दर्यको आनन्द लिइएको थियो।

बोटिङपछि वरिष्ठ लोकगायक जेबी ओलीको घम्साघम्सी दोहोरी तथा सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। ओलीको प्रस्तुतिमा सहभागीहरू नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रममा उत्साह थपेका थिए। समाजकी सल्लाहकार विष्णुमाया सिम्खडालगायत सहभागीहरूको सक्रियता र उत्साहले पनि कार्यक्रमलाई थप रौनकपूर्ण बनाएको आयोजकको भनाइ छ।कार्यक्रम सफल बनाउन निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, वरिष्ठ उपाध्यक्ष हरि सिम्खडा, उपाध्यक्ष रूपेन्द्र दाहाल, रमेश अधिकारी, महासचिव तेज अर्याल, सचिव रञ्जना सिम्खडा न्यौपाने, कार्यसमिति सदस्यहरू प्रमिला दुवाडी, भारत ढकाल, सरिता दाहाल, प्रेम गौली र केदार खकुरेल तथा सल्लाहकार विष्णुमाया सिम्खडालगायतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै, कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा संयोजक कविता सिम्खडा दाहालले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। आफ्नो सांगीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक र अविस्मरणीय बनाउन योगदान पुर्याएको भन्दै वरिष्ठ लोकगायक जेबी ओलीप्रति पनि समाजले आभार व्यक्त गरेको छ।धादिङ समाज बेल्जियमका अध्यक्ष रमेश दाहालले भ्रमणमा सहभागी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । अध्यक्ष दाहालका अनुसार भ्रमण केवल मनोरञ्जनमा सीमित नभई प्रवासमा रहेका धादिङवासीबीच आपसी परिचय, मित्रता, आत्मीयता, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर बनेको छ। बस यात्राको रमाइलो, नामुरको केबलकार, प्राकृतिक दृश्य, बोटिङ तथा सांगीतिक प्रस्तुतिले भ्रमणलाई सहभागीका लागि स्मरणीय बनाएको बताउनुभयो ।धादिङ समाज बेल्जियमले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत धादिङवासीबीचको एकता, सहकार्य र आत्मीयतालाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट








