रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ।
सशस्त्र प्रहरीका अनुसार बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मी बाढीपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।
सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले टोली परिचालन गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22409, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ३, शनिबार १९:१८मिडिया कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च गण्डकीलाई
समाचार२०८३ आश्विन ३, शनिबार १८:५२मिडियासँगै व्यवसायमा रोजी श्रेष्ठ, नाइटिङ्गेल सप्लायर्समार्फत व्यवसायिक यात्रा
समाचार२०८३ आश्विन ३, शनिबार ०९:२६पोखरामा भित्रियो नेभो क्यू०५, ५१.९९ लाखमा विद्युतीय एसयूभी
समाचार२०८३ आश्विन १, बिहीबार २३:१५पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ









