बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौँ- नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ ।
यो भन्दा पहिले भाद्र १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो ।
बाढी प्रभावित क्षेत्रका वासिन्दाहरुलाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्नुहुन अनुरोध छ ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीको प्राविधिक टोली निरन्तर परिचालित भइरहेको छ ।
यस अनुसार अधिकांश संरचना सुचारु भएका छन् भने बाँकी संरचना समेत सुचारु गर्ने कार्यमा कम्पनीका प्राविधिकहरु निरन्तर रुपमा खटिरहेका छन् ।
विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोगमार्फत सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ४, आईतवार १७:२२रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ४, आईतवार १६:३३स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल
समाचार२०८३ आश्विन ४, आईतवार १५:१५गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ४, आईतवार १०:१७‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै








