तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय

पोखरा, दीपेन्द्र ढकाल (राजु)। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारका लागि पोखरा–११, फूलबारीस्थित महाकालेश्वर आदर्श महिला समूहले आर्थिक सहयोग गरेको छ।
बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि पीडितहरूको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले आफ्ना सदस्यहरूको व्यक्तिगत तथा संस्थागत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो।
विशेषगरी, समूहले तीजको दर खाने खर्चमा कटौती गरेर समेत राहतका लागि रकम जुटाएको जनाएको छ। चाडपर्वमा हुने खर्चलाई केही कटौती गर्दै विपद्मा परेका नागरिकको पीडामा साथ दिन पाउँदा आफूहरूलाई खुशी लागेको समूहका पदाधिकारी तथा सदस्यहरूले बताएका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा पुर्याएको क्षति र त्यसबाट प्रभावित नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै समूहले आफ्नो सानो सहयोगले भए पनि पीडित परिवारको राहतमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
महाकालेश्वर आदर्श महिला समूहले विपद्को समयमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्दै पीडितको दुःखमा साथ दिनुपर्नेमा जोड दिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार १५:२९नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’ » Celebrity Nepal
समाचार२०८३ आश्विन ६, मंगलवार १३:४३कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:२३‘कबड्डी ५’ को टिजर सार्वजनिक » Celebrity Nepal









