फुर्केखोला वैकल्पिक सडक बुधबारपनि बन्द, धादिङबेशी–सुनौलाबजार हुँदै यात्रा गर्न आग्रह

परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक मर्मतका लागि बुधबार बिहान ८ देखि साँझ ६ बजेसम्म पूर्ण बन्द रहने
धादिङ, २३ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार वैकल्पिक सडक बुधबारपनि १० घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै सडकको थप मर्मतसम्भार गर्नुपर्ने भएकाले भदौ २४ गते बुधबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उक्त मार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण फुर्केखोलास्थित पक्की पुल बगाएपछि पृथ्वी राजमार्गमा आवागमन प्रभावित भएको थियो। त्यसपछि सवारी सञ्चालनका लागि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो।
लगातार सवारी चापका कारण उक्त सडकमा थप मर्मतसम्भार आवश्यक देखिएकाले निश्चित समयका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङबेशी–सुनौलाबजार–भोरले–कोसिखोला–फोसेटार–कल्लेरीटार वैकल्पिक मार्ग वा अन्य उपयुक्त वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।
वैकल्पिक सडक बन्द हुँदा धादिङ हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीको यात्रा समय र मार्गमा असर पर्न सक्ने भएकाले प्रशासनले यात्राअघि सडकको अवस्थाबारे जानकारी लिएर निस्कन आग्रह गरेको छ। सडक मर्मत सम्पन्न भएपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार मार्गमा पुनः सवारी सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २०:५४असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
समाचार२०८३ आश्विन १८, आईतवार २०:४८सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान









