‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त » Celebrity Nepal

सेलिब्रेटी नेपाल। बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरेका हुन् । जसमा सिनेमाका निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सवैजसो मुख्य कलाकार उपस्थित थिए ।
सिनेमाको भोलि बुधबार काठमाडौंको लाजिम्पाटदेखि नै छायांकन सुरु गर्ने निर्देशक चौहानले बताए । उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’ र एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् ।
सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढाव प्रस्तुत गर्ने निर्देशक चौहानले बताए । ‘सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ’, उनले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं ।’
कथाअनुसार सिनेमाको स्लोगन पनि युवकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ । सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ ।
सिनेमाको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन् । सिनेमामा रवी रोक्काको छायांकन, अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौलाको संगीत, साश्वत श्रेष्ठको बिजिएम र मित्र डी गुरुङको सम्पादन रहनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ७, बुधबार ०६:०२आजका लागि विदेशी मुद्राको विनिमयदर
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार २२:३८‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ६, मंगलवार २१:५८स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार १५:२९नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’ » Celebrity Nepal









