चलचित्र ‘फ्रेन्च किस’ को टिजर सार्वजनिक » Celebrity Nepal
सेलिब्रेटी नेपाल । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो ।
‘फ्रेन्च किस’ माघे संक्रान्तिको अवसर पारेर माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आआफ्ना धारणा राख्छ । प्रेम आधुनिक समयमा मिथमा परिणत भइसकेको बताउँछ ।
केटा र केटी नै एकअर्काप्रति आकर्षित छन् । एकान्तमा बसेर किस गर्छन् । र, होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि केही ठूलठूलो स्वरमा बोेलेको सुनिन्छ, यसले उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन सकिन्छ ।
अर्पण थापाले निर्देशन गरेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा पनि निर्देशक स्वयंको छ । निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसारको चलचित्र भनेको छ । दर्शकले आधुनिक प्रेमकथाको अनुभूत यो चलचित्रमार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन् ।
ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई सुदीप बरालले खिचेका हुन्। चलचित्रमा संगीत गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर ६, शनिबार १६:२७नेपाली फुटबलमाथि फिफाले लगाएको निलम्बन फुकुवाको प्रक्रियामा
कला, विचार/मनोरञ्जन२०८३ मंसिर ६, शनिबार ११:२२गुर्जा गाउँको ग्रामीण परिवेश समेटिएको चलचित्र ‘सारथी’ को ट्रेलर सार्वजनिक
खेलकुद२०८३ मंसिर ६, शनिबार १०:२६धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने बाटो खुल्यो, फाप्लाको ठेक्का आह्वान
कला, विचार/मनोरञ्जन२०८३ मंसिर ६, शनिबार १०:१२एसिया मोडेल फेस्टिभलमा नेपालको सफलता, सदिक्षा श्रेष्ठले जितिन् उपाधि




