असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
हिलिङ द चिल्ड्रेन अमेरिकाका विशेषज्ञ चिकित्सकहरु अलिरेजा खोसरोबादीर र जोहन हर्जेनबर्गसहित सो अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिनेगरी आजदेखि आगामी शुक्रबारसम्मका लागि सो शिविरको आयोजना गरिएको उक्त अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले यस निःशुल्क स्वास्थ्य शिविरबाट आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरुले लाभ लिन सक्ने जानकारी दिए ।
उनका अनुसार सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि जटिलखालका शल्यक्रियाहरु पनि गरिने भएको छ । यसप्रकारको जटिल शल्यक्रियामा विशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन् ।
यस शिविरबाट खुट्टाको हड्डी बाङ्गो भएका, हाड तथा जोर्नीसम्बन्धी जन्मजात विविध समस्या भएका, पछि समस्या उत्पन्न भएका तर समयमै उपचार पाउन नसकेका तथा शल्यक्रिया गर्नुपर्ने भए पनि विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसकेकाहरुले लाभ लिन सक्ने डा भण्डारीले जानकारी दिए ।
अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार ११:१५काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै









