निशुल्क स्वास्थ शिविर सम्पन्न

निशुल्क स्वास्थ शिविर सम्पन्न

स्वास्थ्यको पहुँच बाट टाढा रहेको अति विकट क्षेत्र दुधपाेखरी गाँउ पालीका,२, लम्जुङमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एवं सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोक , आयाेजना तथा दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखरा, गण्डकी मेडिकल कलेज कास्की र नेपाल आखाँअस्पताल त्रिपुरेश्वर

  काठमाडौकाे प्राविधिक सहयाेग तथा दुधपोखरी सामुदायिक होमस्टे भुम्लीचोक स्थानिय व्यवस्थापन सहयोगमा श्री कमल बहादुर श्रेष्ठ ज्यु को अध्यक्षता तथा गण्डकी प्रदेशका माननिय श्री पार्बति तामाङ ज्युको प्रमुख आतिथ्यतामा तथा दुधपोखरी गाँउ पालीका का अध्यक्ष ज्यु, उपाध्यक्ष ज्युइ,वडा अध्यक्ष ज्यु, जाल्पा   सामुदायिक लघुवित्त वित्तीय संस्था का कार्यकारी अधिकृत ज्यु, उपस्थिति मा लमजुङ जिल्ला दुधपोखरी गाँउपालिका वडा नं.-२, स्थित भुम्लीचोक स्थीत आमा समुहको भवनमा, कोषाध्यक्ष तिर्थ शर्मा ढकालको संयोजकत्वमा , सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा

कार्यसमिति सदस्यहरु ,स्वास्थ्य सेवा का प्रविधिक टोलि, स्वयंसेविका , जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था संस्थाका कर्मचारीहरु साथीहरु,आमा समुहहरू, टोल बिकास संस्थाहरू, स्थानिय बासिन्दाहरुको सहयोगमा स्थानिय महिला पुरुष गरी ५०० जना सेवाग्राहीहरुलाई जनरल मेडिसिन, सुगर जाँच, स्त्री रोग जाँच, दन्त्त सम्बन्धी जाँच, बालरोग जाँच, ECG, पाठेघर मुखको क्यानसर (VIA) जाँच लगायतका निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गण्डकी मेडिकल कलेजबाट खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरू द्वारा सम्पन्न गरियो ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =