कांग्रेसले गर्याे संसद अवरोध : संसदीय छानबिन समिति बनाउनु पर्ने माग कायमै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि सहकारी ठगी प्रकरणको अनुसन्धान नै रोकिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि तत्काल संसदीय छानबिन समिति बनाउने अडान कायमै रहेकाे बताउनुभयाे ।
सरकार गम्भीर नभए संसद्को बैठक वा कुनै पनि कामकारबाही हुने विषयमा सरकार नै जिम्मेवार हुने थिङले बताउनुभयाे ।सडकमा सहकारी पीडित लाखौंको संख्यामा लडिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘अर्बौंको रकम अपचलन भएको कुरा आएको छ। यसमा सूर्यदर्शन सहकारी लगायता ६ वटाबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ। यसरी लैजान पाउँछ कि पाउँदैन?’ थिङले प्रश्न गर्नुभयाे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









