Home राजनीति रास्वपाको प्रस्तावमा काँग्रेसको समर्थन,सम्पत्ति छानबिन आयोग गठन गर्न सदनमा प्रस्ताव दर्ता

रास्वपाको प्रस्तावमा काँग्रेसको समर्थन,सम्पत्ति छानबिन आयोग गठन गर्न सदनमा प्रस्ताव दर्ता

3
0

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्बजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गर्नु भएको छ ।

सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले रास्वपाले अघि सारे अनुसार २०४७ यता सार्बजनिक पद धारण गर्ने सबैकोसम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तथा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न  आग्रह गर्नु भएको हो ।

सम्माननिय @PM_nepal_ लाई सार्वजनिक अपील ! १) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २) सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !” शर्माले सामाजिक संजाल एक्समा लेख्नु  भएको छ ।

यसैबीच नेपाली काँग्रेसका तीन जना सांसदहरूले रास्वपाको प्रस्ताव स्वीकार गर्दै मंगलबारै संसद् सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको विषय सार्वजनिक भएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङसहितका तीन जना सांसदले संघीय संसद् सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका हुन।

कांग्रेस उपसभापति गुरुङसहित सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले गत चैत २३ गते संसद् सचिवालयमा दर्ता गरेको उक्त प्रस्तावमा  २०४८ सालमा गठित न्ययिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक एवम् कार्यान्वयन गर्न माग गरिएको छ । त्यसपछि सार्वजनिक पदधारण गरेका वा उच्च ओहोदामा रहेको व्यक्तिको सम्पत्ति छानविन गर्न जाँचबुझ आयोग ऐन अनुसार छानविन आयोग गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleविश्व बैंक र एसियाली विकास बैंकसँग पोर्टफोलियो बैठक
Next articleबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here