कम्युनिष्ट आन्दोलनको गन्तव्य ‘समृद्ध नेपाल,सुखी नेपाली: ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली कम्युनिष्ट आन्दोलनको गन्तव्य भएको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आज नेकपा एमालेले ललितपुरको गोदावरी स्थित सनराइज सभा हलमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनको गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली रहेको र कम्युनिष्ट स्थपनाको सय बर्ष पुग्दा साकार पारिछाड्ने संकल्पका साथ अगाडि बढेको बताउनु भयो ।
समृद्ध नेपाल सुखी नेपालीको संकल्प कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा पुरा गरेरै छाड्ने अध्यक्ष ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समाजवादको स्पष्ट खाका सहित समाजवादको टाइमलाइन तोकेर आफूहरू अघि बढेको ओलीले भनाइ थियो ।
‘ कम्युनिष्ट आन्दोलन अन्धकारमा छामछाम छुमछुम गरेर हिँडेको छैन आजको कम्युनिष्ट आन्दोलन, भड्किरहेको छैन आज कम्युनष्टि आन्दोलन, अन्योलमा परिरहेको छैन यसको गन्तव्य संवृद् नेपाल सुखी नेपाली हो ।
ओलीले अहिले नै सवै कम्युनिष्टहरु एकीकरण भएर देशभरीका सवै कम्युनिष्टहरु मिल्ने सम्भावना नरहेका बताउनु भयो ।
‘पार्टी एकीकरणको गरिहालौं, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुनसक्छ । त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं । त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौं । तर, अहिले नै एकीकरण गरौं देशभरीका सवै कम्युनिष्ट मिलौं भन्ने हो भने फुटेका किन थियौं? के भएर फुटेका थियौं भन्ने प्रश्न उठ्छ । अहिले सहकार्यको लागि सहमतिबाट जाऔं’ ओलीले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ५, मंगलवार १७:३२शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लागू नगर्ने प्रधानमन्त्रीको निर्णय गगन थापाद्वारा स्वागत
समाचार२०८३ श्रावण ५, मंगलवार १६:५६राम्जा–पोखरा सम्पर्क समाज नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ५, मंगलवार १५:२३मोडल डली बनिन ‘मिसेस नेपाल युनिभर्स २०२६
खेलकुद२०८३ श्रावण ५, मंगलवार १०:२९त्रिकोणात्मक सिरिजमा आज नामिबिया र नेपाल भिड्दै









