तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ, कृषिमन्त्री श्रेष्ठ

पोखरा ।
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माजि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकीहुन् ।
सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भए सम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनु हुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवापुर्याउँछ ।’
नजिकिदै गरेको फूलहरु समेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ । ‘देशको उत्पादनले मात्रै फूलको मागधान्न सक्ने अवस्था अहिले छैन । केहि समय अघिको वर्षाले पनियसको खेतीमा असर गरेको छ । तर मिलेसम्म, उपलब्ध भए सम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’मन्त्री श्रेष्ठले भनिन् ।
कात्तिक १२ देखि पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रर्दशनी तथा मेला कात्तिक १६ गते सम्म सञ्चालन हुनेछ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









