बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न

पोखरा । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ साधारणसभा शनिवार एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जयराम आचार्यको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य तथा शिक्षा उप-समिति संयोजक मेघराज शर्माले स्वागत मन्तब्य तथा सचिव महेन्द्र ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अहिले बजारमा सहकारीप्रति जुन रुपमा हल्ला फैलिएको छ तेस्तो हाल्लालाई चिर्नको लागि पनि बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था स्वस्छ रुपमा अगाडी बढ्न सकोस भन्दै शुभकामना थियो। संचालक समिति अध्यक्ष जयराम आचार्यले संस्थाको सम्पूर्ण गतिविधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ, त्यस्तो हल्लाको पछाडि नलागिकन बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार बिष्णुकुमार श्रेष्ठले सम्पूर्ण शेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदायित्व बोध गराउनुभएको थियो । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार डा.भानुभक्त शर्मा कंडेल, बागलुङ समाज पोखराका अध्यक्ष तथा संस्थाका सल्लाहकार ठाकुर प्रसाद सापकोटा लगायतले आ-आफ्नो शुभकामना मन्तब्य समेत राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित








