भव्य बन्यो गण्डकी कोटीहोमको सुरुवाती दिन , स्वामी कैलाशानन्दद्वारा उत्घाटन

पोखरा १७ बैशाख । पोखरा महानगरपालिका -१७ बिरौटामा हरिहर मन्दिर संगै केहि स्थानियको जग्गामा आज देखि सुरु भएको गण्डकी कोटीहोम भव्य रुपमा सम्पन्न भएको छ । कोटीहोमको प्रथम दिन आज माननीय देखि लिएर पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महायज्ञको आज भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उत्घाटन गरेका थिए । उत्घाटन पछि उनले कृष्णलिला कथा सुनका थिए ।उनको उपथितीले महायज्ञको थप शोभा बढाएको महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजले जनाकारी दिए । उत्घाटनमा आज कास्की जिल्ला नेपाली कांग्रेस सभापति किशोर बराल , पत्रकार सन्तोष देउजा ,आदिले मन्तब्य राखेका थिए ।

सुरुवाती समयमा नै राम्रो साथ भएको आयोजकले अबको दिनमा थप भक्तजन बढ्ने प्रति बिश्वास लिएको थियो । दैनिक रुपमा कथा बाचन गर्दै आएकी कथा बचिका देवी प्रतिभाको महायज्ञमा आज अन्तिम दिन हो । यस अघि कथा बाचिका अनुराधा पाण्डेले आफ्नो कथा बाचन सकिसकेकी हुन भने अब यसपछि दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रख्यात धर्मगुरुहरूले पनि कथावाचन गर्नेछन्।

यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









