नेपाल बीमा प्राधिकरण : ५७ औँ वार्षिकोत्सवमा रचनात्मक तथा सन्देशमूलक कार्यक्रमसँगै प्रभातफेरी कार्यक्रम

पोखरा । ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल बीमा प्राधिकरणले विभिन्न रचनात्मक तथा सन्देशमूलक बीमा सम्बन्धि कार्यक्रम गर्दै आएकोमा आज बिहिबार वार्षिकोत्सवको अन्तिम दिन प्रभातफेरी कार्यक्रम गरि भव्य रुपमा समापन गरेको छ ।
प्रभातफेरी कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो । आयोजित कार्यक्रमको विशेष अतिथिहरुमा पेसागत बीमा अभिकर्ता संघ केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारी , पोखरा निम्स च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल र सर्भेयर एसोसियसन पोखरा च्याप्टरका संयोजक बुद्धिराज अधिकारीको विशेष अतिथि रहेको थियो । बीमाका प्रदेश प्रमुख सर्भेयरहरु अभिकर्ताहरुले प्रभातफेरी कार्यक्रममा सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा बीमाका शाखा तथा उपशाखा प्रमुख लगायत बीमाकर्मीहरुको प्रभातफेरी कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । बीमाकर्मीहरुले आ–आफ्नो कार्यालयको पोसाकमा सुसज्जित भइ हातमा प्ले कार्ड लिइ पोखराको मानव अधिकार चोकबाट ¥यालीमा सरिक भएका थिए । प्ले कार्डमा बीमा गरौँ , सुरक्षित रहौँ बीमा छ भने चिन्ता छैन , बीमा बुझौँ , बीमा गरौँ लगायत प्ले कार्डमा उल्लेखित बीमा सम्बन्धि जनचेतनामूलक सामाग्रीहरु लेखिएका थिए ।
मानव अधिकार चोकबाट सुरु भएको ¥याली चिप्लेढुंगा , महेन्द्रपुल , रानीपौवा , हस्पिटल चोक हुँदै नेपाल बीमा प्राधिकरणको प्रदेश कार्यालयमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने क्रममा विशेष अतिथिहरुले सम्पूर्ण बीमाकर्मीहरुलाई बीमाको दायरा बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । त्यस्तै , बीमाकर्मीहरुको सेवा सुविधामा पनि वृद्धि हुनुपर्ने उल्लेख गरे ।
उक्त सभामा बोल्ने क्रममा कवि लेखनाथ पौडेलको भनाइलाई उद्धृत गर्दै आजको उल्लेखित जनसहभागिता देखेर खुसि प्रकट गरे । बीमाप्रतिको सबैमा जागरुकता देखेर नेपाल बीमा प्राधिकरणलाई धन्यवाद समेत दिएका थिए । आपसमा मिलेर काम गरे जस्तोसुकै कठिनाइलाई पनि परास्त गर्न सकिने आजको प्रभातफेरी कार्यक्रमबाट प्रष्ट भएको जिकिर गरे ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले आफ्नो बोल्ने क्रममा बीमाका आफ्नै खालका नियम हुन्छन् तसर्थ नेपालको कानूनले दिएको अधिकारलाई सदुपयोग गरि यहाँहरुको गुनासो , सुझावलाई आत्मसात गर्दै उचित प्राथमिकतामा राख्ने बताए । हामी सबै एक आपसमा हातमा हात मिलाइ अगाडी बढे देशको अर्थतन्त्रलाई माथी उठाउन सकिने समेत बताए । उहाँले अगाडी थप्नुभयो , बीमा क्षेत्रमा देखिएका कुनैपनि बाधा कठिनाइ र चुनौतिका चाङलाई क्रमशः हल गर्दै लैजान सकिने बीमाकर्मीहरुलाई आश्वासन दिए ।
आयोजित सम्पूर्ण कार्यक्रमको उद्घोषक बलराम लामिछानेले गर्नुभएको थियो । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७ औँ वार्षिकोत्सवको परिपेक्षमा यस अघि मानव आश्रममा भोजन वितरण , फुटसल प्रतियोगिता , जिल्ला ट्राफिक कार्यालय , कास्कीको समन्वयमा सार्वजनिक यातायातमा स्टिकर टाँसेर बीमा सचेतना कार्यक्रम तथा बृहत रक्तदान कार्यक्रम गरेको थियो ।
केहि तस्बिरहरु :


















































लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार ८, आईतवार २१:४२रहेनन् शिक्षासेवी टुवराज बास्तोला
कला, विचार/मनोरञ्जन२०८२ असार ४, बुधबार ०८:४०फिल्म‘यो मन त मेरो नेपाली हो अमेरिकी विशेष प्रदर्शनी
समाचार२०८२ असार ४, बुधबार ०८:२९देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना गण्डकी र लुम्बिनीसहित
समाचार२०८२ असार ४, बुधबार ०८:१६ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी