राष्ट्रिय युवा संघको नेतृत्व चयनका लागि पोखरामा मतदान सुरु

राष्ट्रिय युवा संघको नेतृत्व चयनका लागि पोखरामा मतदान सुरु

पोखरा । राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न पोखराको सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान शुरू भएको छ। यो मतदानले संघको आगामी नेतृत्व र कार्यदिशा निर्धारण गर्नेछ।

अध्यक्ष पदका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन्। थेबे हालका अध्यक्ष हुन् भने पुरी हालका महासचिव। दुवैले आफ्नो टिमसहित प्रतिस्पर्धा गरिरहेका छन्। थेबेको टिमबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह उम्मेदवार छन् भने पुरीको टिमबाट प्रकाश गौतम र पर्वत भण्डारीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै, महासचिव पदमा थेबेको तर्फबाट महेश चौलागाईं र पुरीको तर्फबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्।

मतदानलाई व्यवस्थित बनाउन ४२ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ। प्रत्येक प्रदेशका लागि छुट्टै मतदान केन्द्र बनाइएको छ, जसले मतदातालाई सहजता प्रदान गर्नेछ। मतदान प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा अघि बढिरहेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18386, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   6   =