बाजुरामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्र भवन निर्माणको शिलान्यास

काठमाडौँ – भारतीय सहयोगमा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकास्थित मुक्ति कोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रको लागि कृषि प्रवर्धन केन्द्रको भवन निर्माण हुने भएको छ।
सो भवन निर्माणको आज खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।
सो कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको आर्थिक सहयोग ३ करोड १४ लाख रुपैयाँको लागतमा सो कृषि प्रवर्धन केन्द्रको भवन निर्माण हुँदै छ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा वितरण डेस्क, रेकर्ड रुम र अन्य सहयोगी संरचना सहितको अन्न भण्डारण र वितरणका लागि आवश्यक भवनको निर्माणमा उपयोग गरिनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र स्वामिकार्तिक खापर गाउँपालिका, बाजुरामार्फत कार्यान्वयन गरिनेछ ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष; राजनीतिक प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । उहाँहरूले निर्माण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरूको उचित सङ्कलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै नयाँ पूर्वाधारले लामो समयसम्म खाद्य वस्तुहरूको भण्डारण गर्न सक्षम बनाउनेछ जसले गर्दा यस क्षेत्रको खाद्य सुरक्षामा योगदान पुग्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये बाजुरामा रहेका २ वटा परियोजनाहरू सहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यी मध्ये, बाजुरामा ३ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको काठमाडौँ स्थित भारतिय दूतावासले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न









