भोजनलिपि स्वाद तेस्रो संस्करण आउँदै

काठमाडौँ- अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतवार काठमाडौँको नेपाल हाउस हात्तीसारमा हुने भएको छ ।
नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
भोजन लिपि स्वाद स्वदेश तथा विदेशमा गरी एक सय भागसम्म आयोजना गर्ने तयारी रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । आफ्ना उपजहरुको बजारीकरणको लागि अभियानसँग जोडिन पनि देशभरका किसानहरुलाई आग्रह गरिएको अभियानले जनाएको छ ।
भोजन लिपि तेस्रो संस्करणमा सांगीतिक प्रस्तुतिसमेत रहने आयोजक पक्षले जनाएको छ । साधना कलाकेन्द्र कमलादीले सारङ्गी बाँसुरी र मादलको धुन प्रस्तुत गर्ने केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिनुभयो ।
अभियानको संयोजनमा यसअघि दुईवटा भोजनलिपि स्वाद संस्करण आयोजना गरिसकिएको छ । हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, बागलुङ, रोल्पा, जुम्ला लगायत ३० जिल्लाका कृषि उपजका परिकार बनाइसकिएको छ ।
नेपाली माटो र किसानसँग जोडिएको अभियानसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको नेपाल हाउस रेस्टुरेन्टका प्रमुख रुद्र शर्माले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
भोजन लिपि स्वादमा पाककलाका हस्ती सेफहरु गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण प्रसाद भण्डारी, शिवहरि घिमिरे, पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बा लगायत पुराना तथा नयाँ सेफहरुको पाककला रहने छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १४, मंगलवार १८:५८लायन्स क्लब अफ धादिङ नीलकण्ठको आयोजनमा पशुपति माविमा तीन दिने हस्तलेखन प्रशिक्षण सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १४, मंगलवार १७:५१बेलायतमा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक कार्यक्रम सम्पन्न
समाचार२०८२ श्रावण १४, मंगलवार १७:२०संसदीय दलको विश्वास गुमाएका लामा कहिलेसम्म मुख्यमन्त्री रहलान्?
समाचार२०८२ श्रावण १४, मंगलवार ०९:३२न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते