यस बर्षको मनसुनी प्रणाली पुनः कोशी प्रदेश हुँदै नेपाल भित्रियो

काठमाडौँ- यस बर्षको मनसुनी प्रणाली कोशी प्रदेश हुँदै पुनः नेपाल प्रवेश गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट मनसुनी प्रणाली कोशीबाट नेपाल भित्रिएको हो ।
अहिले कोशी प्रदेश छिरेको मनसुन देशभर फैलन भने केही समय लाग्ने महाशाखाले जनाएको छ। योसँगै पानी पार्ने प्रणाली सक्रिय भएपछि देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
बङ्गालको खाडीबाट न्यूनचापीय प्रणाली बनेकोले यसवाट पानी पार्ने हावा नेपाल प्रवेश गरी पूर्वका जिल्लाहरुमा सामान्यदेखि मुसलधारे पानी पारिरहेको महाशाखाले जनाएको छ ।
आज इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा मुसलधारे वर्षा भएको छ ।
देशको धेरै ठाउँहरुमा सामान्यदेखि मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यस अघि पनि कोशी प्रदेश भएर प्रवेश गरेको मनसुन त्यहीँबाट पूर्वि एसिया तर्फ फैर्किएको थियो जसले गर्दा कोशी प्रदेश वाहेक अन्यत्र कम पानी परेको थियो ।
पानी पार्ने प्रणाली सक्रिय भएसँगै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…








