अमरसिंह माविमा गेट र नयाँ भवन निर्माण शिलान्यास

पोखरा । पोखरा १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको गेट तथा नयाँ भवन निर्माणको शिलान्यास भएको छ । वडाध्यक्ष सन्तोष बास्तोलाले विधिवत रूपमा शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।
उनले अमरसिंह विद्यालय क्षेत्रको एक महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको भौतिक पूर्वाधारको सुधार अत्यावश्यक रहेको बताए । उनले भने, ‘गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्न भौतिक संरचना सुदृढ हुनु आवश्यक छ, यो शिलान्यास त्यसैको आधारशीला हो ।’
कार्यक्रममा समावेशी शिक्षा प्रमुख उपमहानिर्देशक हरिप्रसाद निरौला, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ आचार्य, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्षले कार्यक्रममा सहभागी भई वडाध्यक्षलाई विद्यालय विकासमा देखाइएको सक्रिय भूमिकाको लागि धन्यवाद ज्ञापन गरे ।
नयाँ गेट र भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने र विद्यार्थीको मनोबल बढ्ने विश्वास गरिएको छ । गेट निर्माणले विद्यालयको पहिचान सुदृढ पार्नेछ भने भवनले शिक्षण सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने अपेक्षा छ ।
वडाध्यक्ष बास्तोलाले आगामी दिनमा पनि वडाका अन्य विद्यालयहरूसमेत पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पहल निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18552, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







