फिल्म‘यो मन त मेरो नेपाली हो अमेरिकी विशेष प्रदर्शनी

फिल्म ‘यो मन त मेरो नेपाली हो’को तीनवटा अमेरिकी सहरमा यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । फिल्मलाई विशेष प्रदर्शनी गरिएको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्ग सहरमा गरिएको विशेष शोमा फिल्म हेर्ने नेपालीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । सोमबार बेलुका पिट्सबर्गमा भएको शोमा कतिले हलमा सिट नपाउँदा उभिएर समेत फिल्म हेरेका थिए ।
फिल्मलाई अमेरिका प्रदर्शनमा सुखद् प्रतिक्रिया मिलेको छ । नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्नुपर्छ र नेपालीहरुबीच मजबुत एकता हुनुपर्छ भन्ने सन्देश फिल्मले दिएको प्रायःको धारणा थियो । कतिपयले आफ्नै भोगाइ पर्दामा आएकोमा खुसी व्यक्त गर्दै फिल्म हेरिरहँदा भावुक भएको बताएका थिए । अमेरिकामा फिल्मलाई प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ ।
मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, नारायण खाती, आयुषा समाल, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतले अभिनय गरेका छन् । नेपाली भाषा, साहित्य, परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि फिल्म बनाएको निर्देशक प्रधानको भनाइ छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १०, मंगलवार १९:१२ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
समाचार२०८२ चैत्र १०, मंगलवार १०:५६सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP
समाचार२०८२ फाल्गुन ५, मंगलवार १८:५९ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना








