नेपाल एसिसी मेन्स इस्ट जोन कप–२०२५ को फाइनलमा प्रवेश, मलेसिया ९ विकेटले पराजित

काठमाडौं, १९ असार । नेपालले एसिसी मेन्स इस्ट जोन कप–२०२५ को सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पार गरेको हो ।
नेपालका लागि ओपनर परिमार्जन यादवले नटआउट ५९ रन बनाए । उनले ३५ बलमा ५ चौका र ५ छक्का हानेका थिए । यस्तै, शिवान्स बजागाइँले २३ रन बनाए। उनीपनि नटआउट रहे । प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए । नेपालका अभय यादवले ४ विकेट लिए । यस्तै, शुभम् खनालले ३ विकेट लिए । सचिन भट्ट र कप्तान विपिनप्रसाद शमाले भने एक/एक विकेट लिए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा