सानिमा जिआईसी इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विद्यालयलाई चाहिने आवश्यक शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । गएको वर्ष जस्तै यस वर्ष पनि इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाका ३ वटा आधारभूत विद्यालयलाई फर्निचर , खेलकुद सामग्री र शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापकलाई एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ ।


संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमका सभापति सानिमा जिआईसी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुध्युम्न प्रसाद उपाध्याय हुनुहुन्थ्यो भने , प्रमुख अतिथिमा वडा अध्यक्ष तथा वडा सदस्यहरुको पनि सहभागिता रहेको कार्यक्रममा विशेष अतिथिमा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक , विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष , जनप्रतिनिधिहरु एवं पोखरा निम्स च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेलको पनि सहभागिता रहेको थियो ।
इन्स्योरेन्सले पोखरा महानगरपालिका वडा नं १२ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई लाखौ मूल्य भन्दा बढीका डेस्क बेन्च प्रधानाध्यापकमार्फत हस्तान्तरण गरेको थियो । त्यस्तै , वडा नं १० मा रहेको कुँडहर आधारभूत विद्यालय तथा पोखरा महानगरपालिका वडा नं ३२ मा अवस्थित चन्द्रज्योति आधारभूत विद्यालयलाई लाखौ मूल्य बराबरको शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।


सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुध्युम्न प्रसाद उपाध्यायले , कुन ठाउँमा वा कुन संस्थालाइे के सामग्री आवश्यकता छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र यसका लागि हामीले नेपाल बीम प्राधिकरणसंगको सहकार्यमा संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम गर्न सफल भएको बताउनुभयो । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले यस सामाजिक कार्यक्रममा आफ्नो समन्वयकारी भूमिका निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा उपस्थिति कर्मचारीको सक्रियतामा कार्यक्रम सम्पन्न गर्न सफल भएको बताउनुभयो ।


उक्त कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले , “जीवनको आधार बनाउने स्थान भनेको विद्यालय हो । त्यसैले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरुको पढाइमा गुणस्तरीय शिक्षा त हुनु नै पर्छ , गुणस्तरीय शिक्षा संगै विद्यालयमा चाहिने आवश्यक भौतिक पूर्वाधार शैक्षिक सामग्री तथा खेलकुदका सामग्री विद्यार्थीहरुका लागि अति नै अपरिहार्य हुन्छ ।” खेलकुदका गतिविधिले विद्यार्थी भाइबहिनीहरुको सर्वाङगिण विकास , मानसिक विकास , बौद्धिक तथा संवेगात्मक विकास हुने हुदाँ विद्यालयमा यस्ता सामग्री हुनु जरुरी रहेको बताउनुभयो । साथै , बोल्ने क्रममा उहाँले विद्यालय पुगेपछि विद्यार्थीहरु किताब र कपिमा मात्र सिमित हुनुहुँदैन र उनिहरुको सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षाका लागि धेरै नै स्रोत उपयोग गर्नुपर्ने हुन्छ , त्यसैले यहाँ रहेका कुन विद्यालयमा के कुराको आवश्यकता छ भन्ने हामीले अध्ययन गरि सानिमा जिआईसी लिमिटेडको सहकार्यमा विद्यालयलाई शैक्षणीक स्रोत उपलब्ध गराएको बताउनुभयो । उहाँले अगाडी थप्नुभयो , जति सकिन्छ त्यति नै गरौँ । सामाजिक तथा रचनात्मक कार्यले गर्दा प्रेरणा मिल्ने समेत बताउनुभयो ।


उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत जनप्रतिनिधले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै आउँदा दिनहरुमा यसरी नै सहयोग र सहकार्यको अपेक्षा राखेका थिए ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   4   =  

Protected by Spam Master