भङ्गालोमा तीन घण्टा : रुखमा अड्कँदा बाच्ने आश मरिसकेको थियो

भङ्गालोमा तीन घण्टा : रुखमा अड्कँदा बाच्ने आश मरिसकेको थियो

नुवाकोट –  त्रिशूली नदीमा आएको वाढीको भंगालोमा अड्किएका नुवाकोटको साल्मेका दम्पत्तिको उद्धार गरिएको छ । उद्धार हुनु अगाडिसम्म उनीहरु सिसौंको रुखमा चढेर वसेका थिए ।
किस्पाङ गाउंपालिका ४ साल्मे घर भई आठ वर्षदेखि नुवाकोटको विदुर नगरपालिका ९ वाह्र नम्वर घुमाउनेमा वस्दै आएका ६० वर्षिय पाल्देन तामाङ र ६७ वर्षिया मंगली तामाङ दम्पत्ति त्रिशूली नदीमा आएको वाढीमा मंगलवार विहान तीन घण्टा थुनिएका हुन् । उनीहरु सिसौंको रुख चढेर तीन घण्टा नदी वीचको भंगालेमा अड्किएका थिए ।
तामाङ दम्पत्ति नदी वीचमा भंगालोमा अड्किएको जानकारी आउने वित्तिक्कै गृह मन्त्रालयमा जानकारी गराएर नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले वताए । उनका अनुसार उद्धारपछि उनीहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ ।
हाल तामाङ दम्पत्ति गत आठ वर्षदेखि भुकम्पको राहत अनुदानको घर वनाएर विदुर ९ वाह्र नम्वर घुमाउनेमा वस्दै आएका थिए । विहान सांढे चार वजे नै घरवाट नाम्लो र डोको लिएर निस्केका दम्पत्ति त्रिशूली नदीमा पुगेर वाढीले वगाई ल्याएको काठ समात्ने क्रममा रहेको स्थानीय प्रत्यक्षदर्शीले वताए ।
विहान पांच वजेदेखि नै नदीको भंगालोमा भसेर सिसौंको रुख चढेर वसेका तामाङ दम्पत्तिको सेनाको हेलिकप्टरमार्फत तीन घण्टामा सकुसल उद्धार गरिएको हो । सेनाको एमआई १७ एनए ०३८ हेलिकप्टरमार्फत डोरीसहितको वकेटमा सेनाका तालिम प्राप्त जवान नदीमा झरेर वृद्धवृद्धाको उद्धार गरेको हो ।
पहिले सेनाको सानो हेलिकप्टर आएको घटनास्थलको हवाई निरीक्षण गरेपछि केहि वेरमा एमआई १७ हेलिकप्टरमार्फत तालिम प्राप्त सेनाहरुले वृद्ध दम्पत्तिको डोरी र वकेटमार्फत सकुसल उद्धार गरेका हुन् ।  उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको अस्पतालका अध्यक्ष  उपेन्द्र वुढाथोकीले वताए । स्वास्थ्य अवस्था दुवै जनाको सामान्य रहेको छ ।
दुवै जना एकसुरले नदीले वगाइल्याएको दाउरा समेलिरहेको वेला नदीमा आएको वाढीले छोप्न लागेको वृद्ध पाल्देनको भनाई छ । पहिले त वांच्ने आशा नै थिएन, दुवैतीरको वगर र डांडातिर मान्छे देखेपछि केहि आशा पलाएको उनको भनाई छ ।
पहिले त होस नै उडेजस्तो भएको थियो, नदी किनारामा धेरै मान्छेहरु देखेपछि वाच्ने केहि आशा पलायो, पछि हेलिकप्टर पनि आयो, हेलिकप्टरले नै हामीलाई उद्धार गरेको हो–वृद्ध पाल्देनले त्रिशूली अस्पतालमा  उपचारका क्रममा सुनाए । जीवनमा आफुहरुले कल्पना नै नगरेको त्रासदी व्यहोरेको र पुर्नजीवन पाएको दम्पत्तिले बताए ।
अस्पतालमा उपचार पाल्देनकी पत्नि मंगली भने तीन घण्टा लामो त्रासदी सम्झदा नै जिउ कांपिरहेको वताइन् । सुनेका मात्रै थियौं, हेलिकप्टरवाट वचाउंछ भनेर, अहिले हामी नै सेनाको हेलिकप्टरले उद्धार गरि उपचाररत छौं–दम्पत्तिले खुसी व्यक्त गर्दै भने ।
चीनको तिव्वत हुदै आएको लेन्दो खोलामा आएको वाढी त्रिशूली नदीमा मिसिएको हो ।  बाढीले त्रिशूली नदीको भंगालोमा फसेका दम्पत्तिको वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामा, जिल्ला प्रशासन, सेना, प्रहरी र विदुर नपाको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको घटनास्थल पुगेका विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।
त्रिशली नदीमा वाढीले वगाई ल्याएको दाउरा काट्न जाँदा चीनमा भएको वाढीको कारण उनीहरु त्रिशूली नदीको वीचमा फसेका थिए ।
बाढीमा फसेका दम्पत्तिले तीन घण्टासम्म सिसौको रुख चढेर समातेर बसेका थिए ।  गृह मन्त्रालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  अनुसार उनीहरुको सकुशल उद्धारका लागि घटनास्थलमा सेनाको दुई वटा हेलिकोप्टर परिचालन गरिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =  

Protected by Spam Master