सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

उदयपुर– जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ ।
यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २४, आईतवार २०:३२भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २४, आईतवार १८:५३चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसीले प्रधानमन्त्री कार्कीलाई बुझाए १० बुँदे ज्ञापनपत्र
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार १५:५३केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार १५:३९प्रभात र स्मारिकाको चलचित्र ‘मुगलान’ को टिजर सार्वजनिक







