‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ पुस्तक विमोचन

‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ पुस्तक विमोचन

काठमाडौँ- नेपाली भाषामा प्रकाशित ‘पाकिस्तानका बौद्ध सम्पदाहरू’ शीर्षक पुस्तकको विमोचन गरिएको छ । यहाँस्थित पाकिस्तानी राजदूतावासमा बुधबार आयोजित समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले सांस्कृतिक सम्पदालाई जनस्तरको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै बौद्ध सम्पदा पाकिस्तान र नेपालबीचको साझा सम्पदा भएको बताउनुभयो ।

उहाँले सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि जनस्तरको सम्पर्क अझ सुदृढ गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानले आफ्नो सांस्कृतिक सम्पदामा गर्व गर्ने, त्यसको संरक्षण गर्ने र यो सम्पदा भावनात्मक अनुभवका रूपमा श्रद्धालु तथा पर्यटकहरूसँग बाँड्न चाहेको बताउनुभयो । उहाँले लेखक अमात्यको प्रयासको सराहना गर्दै यस कृतिले पाकिस्तान र नेपालबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई उत्कृष्ट रूपमा उजागर गरेको बताउनुभयो ।

पुस्तकका लेखक ओम चरण अमात्यले पाकिस्तानमा रहेका पवित्रस्थलहरू, तिनको नेपालसँगको सम्बन्ध र ती स्थलहरू नेपाली तथा विश्वभरका बौद्ध अनुयायीहरूका लागि आध्यात्मिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धन राजदूत ए इमरान शौकतले भर्चुअल सम्बोधन गर्दै पाकिस्तानको बौद्ध सम्पदा प्रवर्द्धन पहलसम्बन्धी जानकारी गराउनुभएको थियो । कार्यक्रममा म्यानमारका राजदूत यु म्यो म्यिन्ट माउङ र श्रीलङ्काका कार्यवाहक राजदूत चामीरा मुनासिङ्हे, भिक्षुहरू, बौद्ध विद्वानहरू, राजनीतिक नेता, नागरिक समाजका व्यक्ति पाकिस्तानी राजदूतावासका अधिकारीहरूलगायतको उपस्थिति थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   3   =  

Protected by Spam Master