रामकोटको हरियालीमा चराप्रेमीहरूको पदयात्रा, काँडेभ्याकुरसहित ५९ प्रजातिका दुर्लभ चराहरू अवलोकन

पोखरा । फेदीखोला गाउँपालिका–१, रामकोटको हरियाली जंगलमा पोखरा पंक्षी समाजले चौथो ग्रीष्मकालीन पदयात्रा सम्पन्न गरेको छ। २७ असारमा माछापुच्छ्रे दृश्यबिन्दु (कुभिन्डे) बाट सुरु भएको पदयात्रा २८ असारमा रामकोट गाउँमा पुगेर सम्पन्न भयो। दुई दिनको यो यात्रामा ६० जना प्रकृति प्रेमी सहभागी थिए।
पदयात्रामा सहभागीहरूले ५९ प्रजातिका चराहरूको अवलोकन गरे। विशेषतः नेपालको स्थानिक चरा काँडेभ्याकुर (Spiny Babbler) तथा संकटापन्न सेतो ढाडे गिद्ध (White-rumped Vulture) र रातोटाउके गिद्ध (Red-headed Vulture) को अवलोकन उल्लेखनीय रह्यो। सहभागीहरू चराहरूको आवाज, चाल, बासस्थान र संरक्षणसम्बन्धी जानकारीमा गहिरो रूपमा अभ्यस्त भए।
कार्यक्रम पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेको नेतृत्वमा सम्पन्न भएको हो। फेदीखोला गाउँपालिकाको सह–आयोजना र नेपाल पक्षीविज्ञान संघको प्राविधिक सहयोगमा आयोजना गरिएको पदयात्राले चराप्रति जिज्ञासा जगाउनुका साथै संरक्षणको सन्देश फैलाएको थियो।
पदयात्रामा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरू, अनुभवी पक्षीविद् र स्थानीय गाइडहरूको सहभागिता थियो। सहभागीहरूले चराहरूको खोजी, फोटो अभिलेख र डाटासँगै प्रकृतिसँगको सम्बन्ध झनै प्रगाढ बनाएको बताए। स्थानीय होमस्टे सञ्चालकहरूले आतिथ्य गरे भने गाउँपालिकाले बाटो तथा रसद व्यवस्थापनमा सहयोग पुर्यायो।
पदयात्रा केवल अवलोकनको कार्यक्रम थिएन, यो संरक्षणप्रति सचेत बनाउने अभियान थियो। संकटमा परेका प्रजातिहरूको उपस्थितिले सहभागीहरूलाई वातावरणीय संवेदनशीलताको गहिरो सन्देश दिएको थियो। पोखरा पंक्षी समाजले आगामी दिनमा यस्ता थप कार्यक्रमहरू आयोजना गर्दै जाने जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18953, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








