धादिङमा वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न, उत्कृष्ट वन उपभोक्ता समूह सम्मानित

धादिङ, असार ३२ गते।
डिभिजन वन कार्यालय धादिङको वार्षिक कार्यक्रम राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तगर्त जिल्ला वन क्षेत्र समन्वय समिति बैठक सम्पन्न भएको छ। बुधबार जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा समन्वय बैठक सम्पन्न भएको हो ।
बैठकमा आर्थिक वर्षको प्रगति समिक्षा, समस्याहरु र आगामी दिनमा वन क्षेत्रलाई के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।
डिभिजन वन कार्यलयले ४३ हजार १ सय टिमुरका विरुवा वितरण गर्न सफल भएको कार्यलयका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
धादिङको भुगोल र हावापानी टिमुरको लागि उपयुक्त भएको र बजार पनि राम्रो भएकोले टिमुरमा बढि लगानी गरिएको आचार्यले बताउनुभयो । धादिङमा टिमुरको हब बनाउन लागि सहकार्य गर्नको स्थानिय तहहरुलाई आग्रह गर्नुभएको छ । उहाँले धादिङका सम्पुर्ण कबुलियत वन नवीकरण युक्त भएको घोषणा पनि गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको थियो।
कबुलियती वन समूहतर्फ बेनिघाट रोराङ–१० को संसारी डाँडा प्रथम, बेनिघाट रोराङ–१ को परिवर्तनशील कबुलियती वन उपभोक्ता समूह द्वितीय, र सिद्धलेक–६ को समिटार कबुलियती वन उपभोक्ता समूह तृतीय भएका छन्।
यस्तै, सामुदायिक वनतर्फ त्रिपुरासुन्दरी–५ को श्री सल्यान कठेरी सामुदायिक वन उपभोक्ता समूह प्रथम, बेनिघाट रोराङ–५ को विशाल संयुक्त सामुदायिक वन उपभोक्ता समूह द्वितीय, र गजुरी–५ को ठूलो वन सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन्।
कार्यक्रमकै अवसरमा हरित स्वयंसेवकहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेमा राजेश तिमल्सिना, कल्पना गुरुङ, भिम बहादुर नेपाली र माधव राज अधिकारी रहेका छन्।
जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा उप–प्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने, जिल्ला समन्वय अधिकारी रामश्रय यादव र डिभिजन वन कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यको लगायत विभिन्न वन उपभोक्ता समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमले वन संरक्षण तथा समुचित व्यवस्थापनमा स्थानीय स्तरको सक्रियता र सहकार्यको महत्व उजागर गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक







